सुचना, समाचार र मनोरन्जन

कतिमा हुँदैछ सुनको कारोबार?

 

काठमाडौं :  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

 

आज छापावाल सुन लामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

मूल्यवृद्धिसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम थियो।

 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.