सुचना, समाचार र मनोरन्जन

‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक : राजेश हमाल–करुना राइको जोडी फेरि चर्चामा

काठमाडौं :

गायिका तथा मोडल करुना राइको स्वर र अभिनयमा तयार भएको ‘ज्यू ज्यू सोल्टी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा रोमान्टिक शैलीको उक्त गीत रिलिज गरिएको हो।

राजकुमार बगर र करुना राइको स्वर रहेको गीतमा हरि सापकोटाको शब्द तथा शंकर बराइलीको संगीत रहेको छ। भिडियोमा महानायक राजेश हमाल र करुना राइको अभिनय देख्न सकिन्छ।

Chaka Panja

पूर्वेली भाकामा तयार गरिएको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। भिडियोको कोरियोग्राफीसमेत उनले नै गरेका छन्। रामकृष्ण चौलागाईंको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ। गीत सार्वजनिक कार्यक्रमसँगै गायिका करुना राइको जन्मदिनसमेत मनाइएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिएका थिए।

कार्यक्रममा राजेश हमालले म्युजिक भिडियो र फिल्म दुवै कला भएको उल्लेख गर्दै कलाकारले हरेक प्रकारका काम गर्न सक्नुपर्ने बताए। गायिका करुना राइले हमालसँग पाँचौँ पटक सहकार्य गर्न पाउनु आफ्नो लागि भाग्यको कुरा भएको बताइन्। यस्तै, धिरेन शाक्यले पनि राजेश हमाल र करुना राइको जोडी निकै सुहाएको भन्दै गीतको प्रशंसा गरेका थिए।

Leave A Reply

Your email address will not be published.