सुचना, समाचार र मनोरन्जन

केपी ओली कपकाे तेस्राे संस्करण आउँदाे महिना

काठमाडौं/

केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आउँदो फागुन ११ गतेदेखि १९ गतेसम्म हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लब र विदेशी गरी कुल १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिताको क्वाटरफाइनल खेल सातदोबाटोकाे एन्फा कम्प्लेक्स मैदान र सेमिफाइनल खेल त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुने छ ।

प्रतियाेगिताकाे विजेताले १५ लाख ११ हजार ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.