सुचना, समाचार र मनोरन्जन

‘कमेडी दरबार’ बाट बाहिरिदै विजय बराल : फिल्मको सुटिङमै भ्याइँ नभ्याइँ

काठमाडौं :

नेपालको फिल्म जगतमा नै सर्वाधिक कमाई गरेर निर्माताको हातमा बुझाउने अभिनेता विजय बराल हास्यप्रधान टेलिभिजन शो ‘कमेडी दरबार’ बाट बाहिरिने भएका छन्। परिचयसँगको कुराकानीमा उनले फिल्मको काममा व्यस्त हुने भएकाले बाहिरिन लागेको बताए। उनी यो कार्यक्रममा ‘जज’ को भूमिकामा रहदै आएका छन्। उनले आज अन्तिम तीन एपिसोडपछि शो छाड्न लागेको बताए।

Pach Pandav

उनले भने,‘मैले शोका अध्यक्षलाई कुरा राखिसकेको छु। अब फिल्ममा नै केन्द्रित हुने हुँदा शोमा नभ्याउने जस्तो छ। उहाँहरुले के गर्नुहुन्छ।’ उनी यो शोमा २६ एपिसोडसम्मका लागि अनुबन्ध भएका थिए। उनी अभिनित फिल्म ‘पूर्णबहादुरको सारंगी’ ब्लकबस्टर बनेसँगै उनको डिमान्ड बढेको छ ।

उनी यो फिल्मपछि ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’को मुख्य भुमिकाका लागि साइन गरिसकेका छन्। फागुन २ गते उनी अभिनित अर्को फिल्म ‘लाज शरणम्’प्रदर्शनमा आउने तयारीमा छ। यसका लागि पनि समय दिनुपर्ने भएकाले उनले शो छाड्न लागेका हुन्। यसपछि उनी हिट फिल्म ‘कबड्डी र जारी’को सिक्वेलमा पनि उनी देखिने छन्।

Leave A Reply

Your email address will not be published.