काठमाडौं :
फिल्म ‘उपहार’पछि अभिनेत्रीद्धय रेखा थापा र पूजा शर्माको सहकार्यमा अर्को फिल्म निर्माणमा जुटेका छन्। त्यसैको लागि एक क्याफेमा अभिनेत्रीद्धय रेखा,पूजा र निर्देशक सविर श्रेष्ठले छलफल गरेका छन्।
पूजाले निर्माण गर्न लागेको यो फिल्मको नम ‘छत्तिसको आँकडा’ भनिएको छ। यसमा रेखाले पूजालाई सघाउने छिन्। पूजाको फिल्मको काम सकिएपछि रेखाले भदौँबाट फिल्मको तयारी थाल्नेछिन्।
गत वर्ष फागुनमा प्रदर्शनमा आएको फिल्म ‘उपहार’को प्रमोसनका बेला काली २ निर्माणको घोषणा गरेकी थिइन्। तर रेखाले पनि काली २ निर्माण गर्ने बारेमा जानकारी दिएकी छैनन्। यस बारेमा उनीहरुबीच छलफल पनि चलिरहेको बुझिएको छ। पूजाले पछिल्लो समय फिल्म ‘रावायण’निर्माण गरेकी थिइन्। जुन व्यवसायिक रुपमा असफल भयो।
अब सविर श्रेष्ठलाई निर्देशक लिएर फिल्म ‘छत्तिसको आँकडा’ बनाउन लागेका हुन्। यो फिल्ममा रेखा र पूजा मुख्य भूमिकामा देखिदैछन्। यस फिल्मलाई शिवम अधिकारीले लेखिरहेको बुझिएको छ।