सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : प्रकाश र स्वस्तिमा अभिनित ‘वसन्त’

काठमाडौं :

 शुक्रबार (आज) फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ। हलमा फिल्मले सोलो रिलिज अवसर पाएको हो। ‘वसन्त’ प्रकाश सपुतको निर्देशित यो फिल्म नेपाल र विदेशमा एक साथ प्रदर्शनमा आएको हो।

प्रकाश सपुतकै कथा लेखन रहेको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु),अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामाको फिल्ममा निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन्। यो फिल्ममा यस अगाडि रिलिज भएका ‘अञ्जिला’, ‘लाज शरणम्’ लगायत फिल्मले अझै धेरै स्टेसन ओगटेर छन्।

Leave A Reply

Your email address will not be published.