सुचना, समाचार र मनोरन्जन

कुलमानकाे पक्षमा काठमाण्डाैमा प्रदर्शन

काठमाडौं/

कुलमान घिसिङका समर्थकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै समर्थकहरूले आज काठमाण्डाैकाे माइतीघर मण्डलीमा प्रदर्शन गरेका हुन् ।

सरकारले गएकाे चैत ११ गते कुलमान घिसिङलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारकाे निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत पुग्नुभएकाे थियाे । सर्वाेच्चले उहाँकाे मागमा गएकाे शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.