सुचना, समाचार र मनोरन्जन

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीतको भिडियोमा नाचे दुर्गेश, विपिन र उपासना

काठमाडौं :

चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ। आइतबार रञ्जना हलमा निर्माण टिमले फिल्ममा समावेश टाइटल गीतको भिडियो रिलिज गरेको हो। जसमा दुर्गेश थापाको स्वर,शब्द तथा संगीत रहेको छ। असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ।

गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन्। ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ। गीतको भिडियोमा फिल्मका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन्। दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय अकुपाइ गरेका छन्। ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ। यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार,कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो। विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन्।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ। छेको पारेर फिल्म ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।

यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स,उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर,विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।

Leave A Reply

Your email address will not be published.