सुचना, समाचार र मनोरन्जन

व्यवस्था फेर्नै नपाउने गरी संविधान संशोधन गरे देशमा आगो बल्छ : कमल थापा

 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही राजनीतिक दलले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन लागेको आरोप लगाउँदै त्यसो गरिए देशमा आगो बाल्ने चेतावनी दिएका छन्।

बुधवार संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

उनले सत्तामा आफ्नो वर्चश्व कायम गर्न र ब्रह्मलुट सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाए।

उनले संविधान संशोधनमार्फत व्यवस्था परिवर्तन गर्न नपाउने धृष्टता गरिए देशमा आगो बाल्ने चेतावनीसमेत दिए।

चैत १५ को घटनाबाट आफूहरु कति पनि विचलित नभएको उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.