काठमाडौं :
साउथ इण्डियन फिल्ममा नेपाली कलाकारहरुले समेत अभिनय गरेका छन्। काठमाडौंको विभिन्न स्थानमा भइरहेको साउथ इण्डियन फिल्म ‘टाइसन नाइडु’मा विजय लामा, छुल्ठिम गुरुङ र किरण श्रेष्ठले अभिनय गरेका छन्। यस फिल्ममा पनि मुख्य भूमिका रहेको बुझिएको छ।
साउथ फिल्मका स्टार श्रीनिवास बेल्लमकोन्डाका साथमा नेपाली कलाकारहरुले अभिनय गरेका हुन्। सागर के चन्द्रको निर्देशनमा बनेको यो फिल्ममा डिओपी मुकेश गनानेसको छ। यसअघि यो फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ।