सुचना, समाचार र मनोरन्जन

अर्थतन्त्र चलायमान बनाउन सरकार लागि परेको छः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ/

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन ।

Chaka Panja

मंगलवार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन। उनले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने बताए । उनले भौतिक रुपमा पनि संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे। उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन । हामीले अघि बढ्दै जाँदा कुनै दिन हाम्रा भव्य प्रदर्शन स्थलहरु हुनेछन् । हामीले भौतिक रुपमा पनि हाम्रा संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्नेछौँ । इक्षाशक्तिका दृष्टिकोणले पनि कलाकारितामा ल्याउने परिष्कृतताको दृष्टिकोणले पनि उचाई प्राप्न गर्नेछौँ । हामी अफ्ठ्यारो अवस्थामा छौँ । तीन वटा प्रतिष्ठानहरुमा नेपाल प्रज्ञा प्रतिष्ठान बाहेक यि दुई वटा प्रतिष्ठानहरुले धेरै ठूलो संघर्ष व्यहोरिरहनुभएको छ । देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाइ, बलियो बनाइ हाम्रा भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढंगले मेहनत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल बिस्तारै प्राप्त गर्दै जानेछौँ ।’

मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरेर्नुभयो । उनले साहित्य, संगीत र कलाको महत्व बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले साहित्य, संगीत र कलाले आफ्नो भित्रको अन्तरचेतनालाई जगाउने बताए । मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताए । समाजलाई सही बाटोमा डो¥याउन कलाकारिताको भुमिका महत्वपूर्ण हुने बताएका छन ।

Leave A Reply

Your email address will not be published.