काठमाडौं :
अभिनेता राजेश हमाल झण्डै एक दशकपछि फिल्ममा फर्किएका छन्। उनी दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा : अवतार’मार्फत फर्किएका हुन्।
यसै फिल्ममा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ रिलिज गरिएको हो। यसअघि यो गीत फिल्म ‘दैव संजोग’मा समावेश गरिएको थियो। यसैका गायक तथा संगीतकार शम्भुजित बास्कोटाले दोस्रो फिल्ममा राखेका हुन्।
यो गीतको ओर्जिनल भर्सनमा गायक बास्कोटा र गायिका देवीका बन्दना हुन् भने रिक्रियट भर्सनमा शम्भुजित र गायिका रचना रिमाल रहेका छन्। गीतको शब्द तथा संगीत बास्कोटा कै हो। यस फिल्मको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने राजु विक्रम थापाले खिचेका हुन्। यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले छमछमी नाचेका छन्।
निर्मार्ण पक्षका अनुसार यो फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतले अभिनय गरेका छन्।
चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन निर्देशनमा निर्माण भएको यो फिल्मलाई समीर मियाको भीएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादनको जिम्मा लिएका छन्। निर्देशक भट्टराइकै लेखन रहेको यो फिल्ममा लगानी क्रियटिभ सिने आर्ट्सका नेम महर्जनको छ। उनी बाहेक अन्यमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको पनि लगानी छ। यो फिल्म आगमी जेठको ९ गतेबाट पष््रदर्शनमा आउने तयारीमा छ।