काठमाडौं :
चन्द्र कुमार भट्टराईको निर्देशनमा फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ। राजेन्द्र ढकालको लगानीमा फिल्म निर्माणको घोषणा गरिएको हो।निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै क्राइम थ्रिलर सिनेमा बनाउन लागेको संकेत गरेको छ। फिल्म ‘समर लभ’, ‘मारूनी’, ‘राजा रानी’,‘सेतो बाघ’ लगायतमा मुख्य सहायक निर्देशन गरेका चन्द्र कुमारले यो फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। सुस्मिता फिल्मसको प्रस्तुति रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन्।
फिलममा राजेन्द्र ढकालका अलवा विनिता शर्माको लगानी रहनेछ। सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन्। थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ। फिल्मको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ। निर्माणको घोषणा भएता पनि को को कलाकारहरु रहनेछन् भन्ने कुरामा भने निर्माण पक्षले जानकारी दिएका छैनन्।