सुचना, समाचार र मनोरन्जन

भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा ‘भुठान’

काठमाडौं :

नेपालको पुर्वी जिल्ला मोरङको पथरी र झापाको दमकमा बसोबास गर्दै आएकार भुटानी शरणार्थीलाई अमेरिका पठाइयो। भुटान सरकारबाट लखेटिएपछि नेपालमा शरणार्थी जिवन बिताउदै आएका नेपाली भाषीको कथामा फिल्म ‘भूठान’ निर्माण भएको हो। यसैको ट्रेलर समेत सार्वजनिक भएको छ।
मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो। तीन मिनेट लामो ट्रेलरले सामाजिक कथावस्तुमा आधारित रहेर सिनेमा बनेको देखाएको छ। भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ ।

वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ। जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले भन्ने संकेत गरेको छ ।

पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ। परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य देख्न सकिन्छ। फिल्ममा हरिवंशका अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीले पनि अभिनय गरेका छन्। यसै गरि यस फिल्ममा हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय छ। हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन्।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । फिल्म वैशाख १२ गते रिलिज हुँदैछ ।

बुलबुल फिल्मबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन्। सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ।

Leave A Reply

Your email address will not be published.