सुचना, समाचार र मनोरन्जन

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ६३ प्रतिशत प्रगति

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारका काम समयमा नै नसकिँदा सर्वसाधारणले विगत ४ वर्षदेखि झेल्दै आएका छन् । अहिले भने सडक विस्तारको कामले निकै गति लिँदा दाउन्ने बाहेकको क्षेत्रमा यात्रा सहज हुँदै गएको छ ।

११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड ९४९ किलोमिटर० मा बाँडेर गरिएको विस्तारको कामले चालु बर्षको पछिल्लो तीन महिनामा अपेक्षाकृत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।

ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सन प्रालिले दुवै खण्ड १६ अर्ब ९९ करोड रुपैयाँमा सडक विस्तार गर्ने गरी ठेक्का पाएको थियो । आयोजनाको पश्चिम खण्डभन्दा पूर्वी खण्डको भौतिक प्रगति अझै राम्रो छ ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले पछिल्लो तीन महिनामा पूर्वी खण्डको भौतिक प्रगति १० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए । उनका अनुसार यो खण्डको कुल प्रगति अहिले ६३ प्रतिशतको हाराहारीमा छ ।

पश्चिम खण्डको भौतिक प्रगति ६१.८ प्रतिशत रहेको आयोजना प्रमुख शंशाक मिश्रले जानकारी दिए । पश्चिम खण्डमा पनि पछिल्ला तीन महिनामा भौतिक प्रगति निकै बढेको आयोजनाले जनाएको छ ।

गत पुसको पहिलो हप्तादेखि मात्रै निर्माण कम्पनीले देखिने गरी फिल्डमा काम थालेको थियो । गत असार मसान्तसम्म पूर्वी खण्डको प्रगति ५१ प्रतिशत मात्रै थियो । ६३ किलोमिटर लामो पूर्वी खण्डमा पुल बाहेक १० किलोमिटर मात्रै एकतर्फी कालोपत्रे हुन बाँकी छ ।-अनलाईनखबर

Leave A Reply

Your email address will not be published.