सुचना, समाचार र मनोरन्जन

अध्यक्ष प्रचण्ड गोरखामा, सहिद परिवारसँग भेटघाट

गोरखा/

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आइपुगेका छन् । अध्यक्ष प्रचण्ड गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका हुन् ।

अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट समेत गरेका छन् । उनले सहिद भिष्म कुमालको घरमा खाना खाएका छन् ।

भोलि वैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.