सुचना, समाचार र मनोरन्जन

आगामी अर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा

 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।

 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आ.व. ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने बताए।

 

उनले व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै सरकारले व्यापार गर्ने नभएको बताए। उनले व्यापार व्यवसाय निजी क्षेत्रबाटै हुनुपर्ने कांग्रेसको मान्यता रहेको बताए।

 

सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने बताए।

Leave A Reply

Your email address will not be published.