सुचना, समाचार र मनोरन्जन

घाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छः रास्वपा

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।

 

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाएका हुन्। विभिन्न पेसागत कर्मचारीहरू आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ। उहाँले शिक्षक आन्दोलनमा घाइते भएकाहरूको उपचारको प्रबन्ध सरकारले गर्नुपर्ने माग राखे।

 

फरक प्रसङ्गमा बोल्दै अर्यालले अगामी आर्थिक वर्षको बजेट बुढीगण्डकी जलविद्युत आयोजनालाई सम्बोधन हुनेगरी आउनुपर्ने बताए। मुलुकमा रोजगारी वृद्धि गर्नको लागि तीन सिफ्टमा काम गर्ने व्यवस्थासहितको बजेट आउनुपर्ने उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.