सुचना, समाचार र मनोरन्जन

चाँदीको भाउ स्थिर, सुनको बढ्यो

काठमाडौँ,

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.