सुचना, समाचार र मनोरन्जन

सेयर बजार २१ अंकले बढ्यो, बैंकिङ समूहमा उत्साह

काठमाडौं,

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार उल्लेख्य सुधार देखिएको छ। यो दिन बजार २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा पुगेर बन्द भएको छ।

बजार बन्द हुँदाको अवस्थासम्म कूल ४ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबारमा १ करोड १६ लाख कित्ता सेयर किनबेच भएका छन्।

आजको बजारमा खरिदकर्ता हाबी देखिएका छन्। बजारमा १८८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटा कम्पनीको मूल्य घटेको छ। ९ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

Chaka Panja

आजको दिन कूल ३५४ वटा स्क्रीपको कारोबार भएको छ भने ३९ हजार १८३ पटकको कारोबारबाट उक्त नतिजा निस्किएको हो।

आजको बजारमा धेरै कमाउनेमा डिवेञ्चर तथा म्युचुअल फन्डको वर्चस्व रहेको छ । सर्वाधिक कमाउने कम्पनीहरूको सूचीमा सिद्धार्थ बैंकको डिवेञ्चर शीर्ष स्थानमा छ, जसको मूल्य १३.२१ प्रतिशतले बढेको छ।

आज कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । बैंकको २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, घलेम्दी हाइड्रोपावरको २१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

समूहगत रुपमा हेर्दा आज बैंक, विकास बैंक र निर्जीवन बीमा कम्पनीका सूचक एक प्रतिशत भन्दा धेरैले बढेका छन् । सबै समूहको सूचक सकारात्मक हुँदा बाँकी समूह भने एक प्रतिशत भन्दा कमले बढेको छ ।

Leave A Reply

Your email address will not be published.