सुचना, समाचार र मनोरन्जन

मागमा आधारित जीविकोपार्जन कार्यक्रम: चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

चितवन,

चितवन र मकवानपुरका ५० जना युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रममा सहभागी गराइएको छ ।

गएको आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवम् अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवम् पिछडिएका जातजाति, बाहुल्य सङ्ख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यो कार्यक्रममा सहभागी गराइएको हो ।

कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागिता गराइएको छ । गएको आर्थिक वर्षमा ३० र चालू वर्ष २० जना युवालाई कार्यक्रममा सहभागी गराइएको हो ।

उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराएको पौडेलले जानकारी दिए । चिउरीखेती हुने भएकाले त्यस क्षेत्रका युवालाई मह उत्पादनमा सहयोग गरिएको हो।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार प्रतिव्यक्ति एक लाख नबढाइ ८५ प्रतिशत अनुदानमा युवालाई जीविकोपार्जनमा सहयोग गरिएको छ ।

कार्यक्रममा सहभागीले उन्नत कृषि प्रविधि अनुशरण गर्न अग्रसर गराउने, तीन वर्षसम्म व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ । यो कार्यक्रमले युवालाई व्यावसायिक कृषितर्फ आकर्षण गर्ने कँडेलको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.