काठमाडौँ,
मधेश प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर भोलि वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो । यो निर्णयानुसार भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।