पोखरा,
Revamp Nepal – गण्डकी संस्करण पोखरामा हुने भएको छ । स्थानीय उद्यमशीलताको उत्सवको रुपमा वैशाख २७ गते पोखरा ८ सभार्गहमा कार्यक्रम आयोजना गरिएको हो । पोखरा महानगरपालिका र व्यवसाय प्रवद्र्धन केन्द्रको सहकार्यमा कार्यक्रम आयोजना हुदैछ ।
कार्यक्रमको उदेश्य स्थानीय उद्यमशीलता प्रवद्र्धन र गण्डकी प्रदेशको आर्थिक सशक्तिकरण रहेको आयोजकले जनाएको छ । बलियो स्थानीय अर्थव्यवस्था भन्ने मुल नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले SMEs र स्थानीय व्यवसायहरुलाई एउटै मञ्चमा ल्याउने विश्वास गरिएको छ ।
उक्त अवसरमा ३५ भन्दा बढी स्टलहरु, तथा १५ सय भन्दा बढी नागरीकलाई सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । त्यस्तै तालिम तथा कार्यशाला सत्रहरु, डिजिटल प्लेटफर्ममार्फत २० लाख भन्दा बढी युवाहरुलाई आर्कषित गर्ने प्रयास गरिनेछ ।
Revamp Nepal सन २०२१ द्येखि संचालनमा रहेको राष्ट्रिय कार्यक्रम हो । जसका ६ संस्करणमा चार सय भन्दा बढी व्यवसाय र ३० हजार भन्दा बढीले सहभागिता जनाईसकेका छन ।
ग्ण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको उक्त कार्यक्रम प्रादेशिक विस्तारको पहिलो चरण समेत हो । जसले व्यवसायहरुलाई बजार र पूँजी पुँचका नयाँ अवसर प्रदान गर्ने उद्येश्य रहेको कार्यक्रमका गण्डकी संयोजक आशिश लामिछानेले बताए ।