सुचना, समाचार र मनोरन्जन

सांसद केसीको प्रश्नः २२ वर्षदेखि निर्माणधीन पुष्पलाल राजमार्ग किन बनेन ?

 

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बना पूर्ण रहेको बताएका हुन्।

 

सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गरे। उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तीमा मतदातालाई सुनाउनकै लागि भएपनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बालिदिनुपर्ने उनको भनाइ थियो।

 

उनले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफू आशावादी रहेको बताए।

Leave A Reply

Your email address will not be published.