सुचना, समाचार र मनोरन्जन

सरकारले दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीको एनओसी रोक्यो

काठमाडौँ,

दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ ।

सूचनामा कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरिएको उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.