सुचना, समाचार र मनोरन्जन

‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’पछिकै उत्कृष्ट प्रतिक्रिया

काठमाडौं :

प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको फिल्म ‘के घर के डेरा ः घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ। शनिबार देश भरका हलमा यो फिल्मले उच्च अकुपेन्सीमा चलेको देखिन्छ।

निर्माणपक्षले जानकारी दिए अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा घर नं २’ चलेको छ। अफ टाइमका शो मा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ। ‘आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो। निर्देशक दीपेन्द्र के खनालले फिल्मको बारेमा मिडियासँग आफ्नो प्रतिक्रिया दिएका छन्। उनले भने,‘हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ।’

उनले फिल्मको विषय र कलाकारको काम दर्शकले मन पराएको बताए। हल भिजिटमा भेटिएका निर्देशक खनाल भन्छन्,‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ । सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ ।’

फिल्मको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित बनाएको बताए। अभिनेता लामिछानेले भने,‘दर्शकले पशुपतिप्रसादपछि कै सबैभन्दा राम्रो काम यो चलचित्रमा देखियो भन्नुभएको छ। दोस्रो दिनबाटै आएको यो साथ र प्रेम हाम्रो टिमका लागि खुसीको कुरा हो।’

फिल्मले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै गएको छ। त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालले बताए। फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको फिल्मको छायांकन गरेका छन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

Leave A Reply

Your email address will not be published.