सुचना, समाचार र मनोरन्जन

कामीरिता शेर्पा ३१औं पटक सगरमाथाको शिखरमा

काठमाडौँ,

प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको आरोहण गरेका छन। योसँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन। आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेका हुन।

शेर्पा २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका हुन । भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौँ फर्किने तालिका छ । अघिल्लो वर्ष उहाँले ३०औं पटक सगरमाथाको आरोहण गरेका थिए।

सोलुखुम्बु थामेका कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन । कामीरिता ‘एभरेस्ट म्यान’ नामले पनि परिचित छन । २०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.