सुचना, समाचार र मनोरन्जन

फिल्म माइतिघर: संजीवनीले गाएको ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’गीतको छायांकन सुरु

 

इटहरी : एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल यो गीतलाई यतिबेला छायांकन भइरहेको फिल्म ‘माइतीघर’मा पनि समावेस गरिँदै छ भने आजबाट यो गीतको भिडियो छायांकन सुरु भएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनीक गरिएको छ । जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् ।

 

परम्परागत भेषभूषामा सजिएकी यी २ कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्ने छन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको मर्म र भाव जीवन्त रहोस् भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनी को स्वरमा यो गीत पुनः ‘माइतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । अहिले भिडियोमा पनि कहीँकतै कमजोरी नहोस् भन्नका लागि यो गीत छायांकनको लागि मात्रै ४ दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीले बताए ।

 

फिल्मका प्रमुख २ अभिनेत्री उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा यो गीतमा फिचर्ड हुनेछन् । हिन्दूहरूको महान पवित्र स्थल बागलुङको कालिका मन्दिरमा छायांकन सुरु भएको यो गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरिरहेका छन् । सो गीतमा किरण खरेलको शब्द तथा जयदेभको संगीत समावेश गरिएको छ ।

 

यो गीत समावेश फिल्म माइतीघरमा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ । मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।

पोखरा : गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनः आह्वान गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीका मागका सन्दर्भमा छलफल गरी निकास निकाल्न वार्ताका लागि आह्वान गरेको हो।

 

Pach Pandav

‘राइड सेयरिङ’लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई यसअघि बुधबार वार्तामा बोलाइएकामा उनीहरू वार्तामा आएका थिएनन्।

 

यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकारसम्पन्न पाँच सदस्यीय वार्ताटोली गठन गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

 

प्रदेश सरकारले जारी गरेको काननुनबाट कुनै पनि पक्षलाई असर पर्न गएको अवस्थामा त्यस सम्बन्धमा खुला छलफल गर्न प्रदेश सरकार सधैँ तयार रहेको प्रदेश सचिव एवं वार्ता समिति संयोजक इन्जिनियर कमलकुमार अधिकारीले बताए।

 

यस्ता समस्याको निराकरण छलफलका माध्यमबाट नै हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताउँदै उनले हाल भइरहेका बन्द हडतालका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरे।

 

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकीलगायतका आठ संगठनले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी १७ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।

 

मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनसरह यात्रु ओसारपसार गर्न दिने व्यवस्था खारेज गर्नुपर्ने, सार्वजनिक सवारीसाधनको आयु सीमा हटाउनुपर्ने, राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिन नहुनेलगायत विषय छन्। सार्वजनिक यातायात बन्दका कारण यही जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सर्वसाधारण समस्यामा परेका छन्।

 

Leave A Reply

Your email address will not be published.