पोखरा,
बराही डुङ्गाघाटमा दोस्रो डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन वोर्डको आयोजना तथा बाराही डुङ्गा व्यवसायी संघको व्यवस्थापनमा आईतबार प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताको उद्धघाटन शत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पोखराको पर्यटकीय क्षेत्र लेकसाईडमा डुङ्गा दौड प्रतियोगिता हुनुले फेवाताल संग जोडिएको डुङ्गाको संस्कृति उजागर गर्ने बताए । साथै पोखराको विकास र पर्यटन पवद्र्धनको लागि संघ सरकार र स्थानीय सरकार एक्यवद्ध रहेको समेत बताएका छन ।


प्रतियोगितामा पुरुषतर्फ फेवा हार्पन सहकारी संस्था बि का कुमार जलारी, सुजन जलारी र कृष जलारी प्रथम भएका छन भने दितिय बाराही वोट स्टेशनका चन्द्र बहादुर माझी,बिशाल श्रेष्ठ र जीवन मगर भएका छन । त्यस्तै स्विमिङ्ग स्टेशनका सजेश कसजु श्रेष्ठ, राज तामाङ,राजकुमार तामाङ तृतिय हुन सफल भएका छन भने फिस्टेल वोट स्टेशनका अनिश परियार, दिवश भण्डारी र दिवश भण्डारीले सान्तवना स्थान हासिल गरेका छन । महिलातर्फ तालपारी डुङ्गा समुह टिम नं २ बाट सिता श्रेष्ठ, निर्मला गुरुङ, उषा गुरुङ प्रथम हुन सफल भएका छन भने गौरी स्टेशनबाट बविता परियार,पुर्णिमा परियार र सबिता सुबेदी दोस्रो भएका छन । प्रतियोगितमा पहारी वोट स्टेशनबाट सोनी गुरुङ, रिता गुरुङ र डिल सुब्बा गुरुङ तृतीय र जलारी दिदीबहिनी समुह–ए बाट पञ्चमाया जलारी,नानू जलारी र अन्जना जलारीले सान्तवना स्थान हासिल गरेका छन ।

प्रतियोगितामा प्रथम हुने दुवै समूह(महिला,पुरुष) ले ४० हजार, दितिय हुने समुहले नगद ३० हजार तृतीय हुने समुहले नगद रु २० हजार र सान्तवना हुने समूहले नगर रु १० हजार प्राप्त गरेका छन ।

फेवा डुङ्गा समितिका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पर्यटन वोर्डका मुख्य अधिकृत सागर श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन पर्यटन परिषदका विज्ञ सल्लाहाकार दिपेन्द्र पहारीले गरेका थिए।

