पोखरा,
नेपालको पर्यटनको राजधानी पोखरा र गण्डकी प्रदेशमा हालै पर्यटक सवारी साधनहरुको संञ्चालनको क्रममा भएको अवरोधहरुप्रति पोखरा पर्यटन परिषदको गम्भिर ध्यानाकर्षण भएको ।
यस्ता अवरोधहरुले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा प्रतिकुल असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुमा नकरात्मक सन्देश प्रवाह हुने खतरा बढदछ । पर्यटन क्षेत्र नेपालको समृद्धिको मुख्य आधार मध्ये एक हो र यसलाई व्यवस्थित एवं सुरक्षित बनाउनु सरोकारवालाहरुको साझा दायित्व हो ।

बन्द नै समाधान होईन । यसै सन्दर्भमा पोखरा पर्यटन परिषद सम्बन्धित सबै सरोकारवाला निकायहरु प्रति गम्भिर ध्यानाकर्षण गराउँदै विगतमा सवै बन्द हडतालमा पनि निर्वाध रुपमा संचालन भएका पर्यटक सवारी साधनहरुलाई निर्वाध रुपमा संचालन गर्ने वातावरण सृजना गर्न सार्वजनिक यातायात वचाऊँ सघर्स समिति २०८२ र सबै पक्ष समक्ष पोखरा पर्यटन परिषद जोडदार माग गर्दछ ।
“हामी शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माण गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदछौँ ।” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ती:
