सुचना, समाचार र मनोरन्जन

एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

 

ढोरपाटन : बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकाले तीन लाख रूपैयाँमा घार खरिद गरी वितरण गरेको हो।

 

एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताइन्। अनुदानलगायत प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ।

 

तमानखोला क्षेत्र मौरीपालकका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको तथा व्यावसायिक रूपमा काम गरेमा थप सहयोग गर्ने उनले बताइन्।

 

‘एकल महिलाई यस वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरीपालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ,’ उपाध्यक्ष छन्त्यालले भनिन्।

 

तमानखोला गाउँपालिका-६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना सुनाइन्।

Leave A Reply

Your email address will not be published.