सुचना, समाचार र मनोरन्जन

सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता: जेठ २३ र २४ गते पोखरा रंगशालामा

पोखरा,

जेठ २३ र २४ गते पोखरा रंगशालामा हुन लागेको ‘सातौं राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता २०८२’ को तयारी पुरा भएको आयोजकले जनाएको छ ।

पोखरामा पहिलो पटक रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन्।

Pach Pandav

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग, गण्डकी प्रदेश आर्चरी संघको आयोजना तथा नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७० जना खेलाडीहरूको सहभागिता रहको छ । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेका छन् ।

प्रतियोगितामा रिकर्व महिला–पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिला–पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला–पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता आयोजना भए संगै गण्डकी प्रदेशको राजधानी पोखरामा इन्डोर आर्चरीको सम्भावनाको ढोका खोल्नेछ । आयोजकका अनुसार सम्पूर्ण खेल वर्ल्ड आर्चरीको नियमअनुसार सञ्चालन गरिनेछ। प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ।

यो प्रतियोगिता इन्डोर आर्चरी खेललाई गण्डकी प्रदेशमा थप विस्तार र लोकप्रिय बनाउन महत्वपूर्ण ठानिएको छ । सो प्रतियोगिताका लागि सहभागि खेलाडीहरु पोखरा आइपुगेका छन् भने २३ गते राखेपका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.