Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा
- ‘माइल्ड अटिजम’ र छोरीको शिक्षाको कथा बोकेको ‘गौँथली’ हेरेर दर्शक भावुक, हलमा उत्साहजनक उपस्थिति
- ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु
- निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत: चलचित्र ‘प्रिन्स’ को पहिलो गीत रेकर्ड
- ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनिक: नीति र मुकुन भन्छन्– ‘फरक र वास्तविक कथा छ’
- टिकटमा ५० प्रतिशत छुटको कमाल: १ करोड ७७ लाख कमाउँदै ‘रोल नं १’ ५१औँ दिनमा
- मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
- महँगीको डढेलो : भान्छाबाट हराएको खुसी
- वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
`जदौ´ मा साम्राज्ञीपछि मुकुन भुसालको `इन्ट्री´
काठमाडौ :
अन्तरजातीय प्रेमकथामा निर्माण हुने `जदौ´ फिल्ममा अभिनेता मुकुन भुसालको `इन्ट्री´ भएको छ । काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको फिल्मको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ।भदौबाट सुटिङ थालिने `जदौ´ को प्रमुख अभिनेत्रीमा केही दिन अघि साम्राज्ञी आरएल शाह अनुबन्धीत भइसकेकी छिन भने अन्य कलाकार-प्राबिधीक बारे छिट्टै टुंगो लगाइने छ।
कलाकारको लाइनअप बलियो बन्दै गइरहेको फिल्ममा मुकुनसंगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धीत गरिएको निर्माण टिमले जानकारी दिएको छ। सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ्ग छन। श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत अनि बुद्दी माझीको निर्माण ब्यबस्थापन रहने छ। फिल्म निर्माण सम्पन्न गरि ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रीनकी प्रबन्धक निर्देशक बिमला भन्डारीले दिएकी छिन।