सुचना, समाचार र मनोरन्जन

आशिष अबिरल र एलिना चौहानको आवाजमा “पुतली” गीत सार्वजनिक ।

 काठमाडौं :

साहित्यकार भीष्मराज फुलाराको शब्द, राजेन्द्र बजगाईको सङ्गीत, पछिल्लो समयका लोकप्रिय गायक\गायिका आशिष अबिरल र एलिना चौहानको स्वर रहेको गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल सञ्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतीय गीतका सङ्गीत संयोजक निषाध चंद्राको सङ्गीत संयोजन र आशिष अबिरलकै मिक्सिङ्ग माष्टरिङ्गमा नयाँ ट्रेन्डिङ गीत “पुतली” एपी चलचित्र प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

सुनिल सुनिल बिकको निर्देशकीय भूमिका रहेको गीतको भिडियोमा चर्चित मोडेल प्रदिप लामा, जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढा मगर, सुमित राजबंशीले अभिनयमा साथ दिएका छन। गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने अनिल के मानन्धरको छायांकन,राजु लामाको सहायक छायांकन,अविनाश मानन्धरको ड्रोन,प्रविन भट्टको सम्पादन, मिलन बिश्वकर्माको कलर, ज्योती के.सी. र नविन खड्काको श्रृंगार र निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ ।

Leave A Reply

Your email address will not be published.