
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
- तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
- जलवायु न्याय र पर्वतीय राष्ट्रका मुद्दा कोप–३१ मा सशक्त रूपमा उठाउँछौँः मन्त्री चौधरी
- एनपीएलः कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
- हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
- प्रहरीमा कार्यकारी हस्तक्षेप: सुशासनको दाबीमा स्वेच्छाचारिताको प्रहार
- आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार
मुस्ताङ,
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ ।
मुस्ताङ–डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ सङ्घीय सरकार द्वारा सन् २०२२ मा पत्ता लगेको विकट बस्ती हो । यो गाउँ जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्दछ । भौगोलिक रूपले विकट मानिएको भिरालो सतहमा अवस्थित साङ्ता गाउँमा १३ परिवारको बसोकार छ । यहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा ३४ जना मतदाता थिए ।
कृषि र पशुपालनमा आश्रित साङ्ता गाउँ वारागुङ मुक्तिक्षेत्र- ५ अन्तर्गत पर्दछ । सरकारी निकायको कम उपस्थित हुने यो गाउँमा पछिल्लो समय विकासले पाइला टेक्न थालेको छ । यसअघि अभाव, अशिक्षा र आर्थिक विपन्नताले कष्ठकर बनेको यहाँका नागरिकको दैनिक विस्तारै सहज बन्दै गएको हो ।
मुस्ताङ र डोल्पामा सडक विस्तार, सौर्य ऊर्जा पहुँचसँगै मोबाइल नेटवर्क सेवा सुरु हुन थालेपछि दैनिकी सहज हुने भन्दै स्थानीय उत्साहित भएका छन् । बर्सेनि सात महिना गाउँमा र पाँच महिना प्रतिकूल मौसमका कारण घुम्ती बासस्थान सार्ने गरेका यहाँका नागरिकमा अहिले भने आधारभूत सेवा प्रवाह हुन थालेसँगै आशाको सञ्चार पलाउन थालेको छ ।
नेपाल टेलिकमले वारागुङ मुक्तिक्षेत्र- २ को घिउलाडाँडामा रहेको माइक्रोवेभ रेडियो लिङ्कको रिपिटर टावरबाट जडान गरी साङ्ता गाउँमा मोबाइल फोन र थ्रिजी इन्टरनेट सेवा विस्तार गरिएको टेलिकम जोमसोमका कार्यालय प्रमुख हुमबहादुर भुजेलले जानकारी दिनुभयो । उनका अनुसार बेस्ट ट्रान्समिसन स्टेसन (बिटिएस) जडान गरी सञ्चारको पहुँच स्थापित गरिएको हो ।
साङ्ता गाउँमा मोबाइलसँगै थ्रिजी इन्टरनेट सेवा सञ्चालन गर्न एक बिटिएस रिपिटर टावरसँगै अर्को मोबाइल सेवाको बिटिएस रिपिटर र भौतिक पूर्वाधार निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको कार्यालय प्रमुख भुजेलले बताए ।
सरकारको लक्ष्य अनुसार जनताले गुणस्तरीय सञ्चार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले साङ्ता गाउँमा मोबाइल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुुख भुजेलले उल्लेख गरे । मुस्ताङ-डोल्पा सडकको सिमावर्ती गाउँ साङ्तामा मोबाइल (बिटिएस) सेवा सुरु गर्न सौर्य ऊर्जा प्यानल जोडेर ४८ भोल्ट विद्युत् क्षमताको मोबाइल नेटवर्क सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

गाउँमा पहिलो पटक नेपाल टेलिकमको (बिटिएस) मोबाइल सेवा सञ्चालनमा आएसँगै सञ्चार पहुँच विस्तारले जनजीवन सहज बन्ने स्थानीय छिरिङ पाल्साङ गुरुङले विश्वास व्यक्त गरे । “पहिले बाहिर कसैलाई फोन गर्नुपरे एक घण्टा हिँडेर लेकमा जानुपथ्र्यो, अहिले गाउमा सञ्चार सेवा पुगेपछि समय र खर्चको बचत भएको छ”, उनले भने ।
मोबाइल आपतविपत पर्दा सूचना थाहा पाउन र व्यावसायिक प्रयोजनमा पनि प्रयोग गर्न सकिने गुरुङको भनाइ छ । स्थानीय झप्याङ गुरुङले गाउँमा मोबाइल सेवा सुरु भएपछि समाचार पढ्न, फोन गर्न र कुनै सूचना प्राप्त गर्न सजिलो भएको बताए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिञ्जिङ नाम्गेल गुरुङले जिल्लाको विकट गाउँ साङ्तामा मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीमा आशाको सञ्चार भएको उल्लेख गरे । गाउँमा मोबाइल सेवा सुरुभएसँगै प्रसूति र दीर्घरोगीका साथै यहाँ आउँजाउँ गर्ने सबैलाई सञ्चार सुविधाले सहज हुने उनले विश्वास व्यक्त गरे ।
“भौगोलिक विकटता र कम जनसङ्ख्या भएकाले यहाँ सञ्चार सेवा पुर्याउन सकेका थिएनौँ । निरन्तरको प्रयासपछि सरकारले हाम्रो प्रयासलाई मूर्त रूप दिएको छ । यहाँका समस्या, चुनौती, विकास पूर्वाधारलगायत क्षेत्रको विकासमा सञ्चारले सहयोग पुर्याउने विश्वास छ”, उनले भने ।
वारागुङ–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले साङ्ता गाउँमा जडान भएको मोबाइलको टावर र सञ्चार गृहको संरक्षणका लागि तारबारसहित संरचना निर्माण गरिने बताए। मुक्तिक्षेत्रकी उपाध्यक्ष डिकी गुरुङले गाउँपालिकाको पहलमा अघिल्लो वर्ष सौर्य ऊर्जा विद्युत् र यो वर्ष मोबाइल सेवा सञ्चालनमा ल्याउन सफल भएको बताए ।
“मुस्ताङको ९६ वटा गाउँमध्ये सबैमा विद्युत् र सञ्चारको पहुँच स्थापित हुँदा साङ्ता गाउँ भौगोलिक विकटताका कारण विद्युत् र सञ्चारको सुविधा पुग्न सकेको थिएन । यहाँका जनताले प्राप्त गर्ने आधारभूत सेवा सुविधा नहुँदा गाउँ विस्थापित हुने जोखिममा थियो”, उनले भने ।
दुई वर्षमा साङ्ता गाउँमा सौर्य ऊर्जा, विद्युत् र टेलिकमको बिटिएस मोबाइल सेवा सञ्चालन हुँदा स्थानीय निकायका जनप्रतिनिधिसहित सबै भएका छन् । योसँगै नेपाल टेलिकमले मुस्ताङको सबै गाउँमा सञ्चारको पहुँच स्थापित गर्न भएको जनाएको छ ।
Next Post