काठमाडौ :
तीज आउन अझै २ महिना बाँकी छँदै गीतहरु युटुबमा आउन थालेका छन्। गीते भाका भन्दा पनि आफुलाई चर्चामा आउनका लागि अनेक फण्डाहरु गायनकर्मीहरु देखिन्छन्। गत वर्षको तीजमा ‘ढले ढले’गीतको चर्चा सेलाउन नपाउदै मीन प्रकाश ओलीले ‘मायाका डल्ला’स्रोतमाझ लिएर आएका छन्।
जानकी म्युजिकबाट आएको रिलिज भएको यो गीतले न तीजलाई समेटेकोको छ न मर्म नै । तर निर्माण पक्षले चर्चाका लागि अनेक शब्द राखेर गीतको भिडियो समे त निर्माण गरेका छन्। ‘मायाका डल्ला ओल्ला कि पल्ला,बरिलै के मान्नु सरम मै परे भ्रममा’ यो गीतको थेँगो हो। मीन प्रकाश ओली र नविना सिलवाल (खुइली’ले गाएको यो गीतको भिडियोमा पछिल्लो समयकी भाइरल मोडल ऋतु बस्नेत,सञ्चिना बोलाखे,बाबुराम सुनार,भुपेन्द्र डाँगी लगायतले नाचेका छन्।
गायक मीन प्रकाशले परिचयसँगको कुराकानीमा भने,‘ कतिले फोन सम्पर्क गरेरै भने यस्ता गीत बन्द गरिनुपर्छ भन्दै आउनु भएको छ। हामी यो मनोरञ्जनका लागि बनाएको हुनाले यसमा स्रोता दर्शक रिसाउनुपर्छ भन्ने छैन।’
यो गीतलाई दर्शकले युटुबमा १ लाख १६ हजार भन्दा बढि हेरेका छन् भने २३ सयले लाइक गरेका छन्। त्यसै गरि सय भन्दा बढिले गीतलाई लिएर आलोचना र समर्थन गरेका छन्। यस गीतको कमेन्ट तथा स्रोताको प्रतिक्रियाबाट आफु सकरात्मक रहेको गायक ओलीले बताए।
https://www.youtube.com/watch?v=M_BfJ9hpcuQ