सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिसँग सातै प्रदेशका प्रमुखको भेट

काठमाडौँ,

सातै प्रदेशका प्रमुखले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन। बिहान राष्ट्रपति भवन शीतल निवासमा प्रदेश प्रमुखहरूले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ हुन ।

राष्ट्रपतिसँगको भेटका क्रममा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको अवस्थागत जानकारी गराएका थिए ।

Leave A Reply

Your email address will not be published.