सुचना, समाचार र मनोरन्जन

‘सितारे जमीनमा’ ले २२ दिनमै १५५ करोडको व्यापार

काठमाडौं  :

बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका तथा निर्देशनमा बनेको चलचित्र ‘सितारे जमीनमा’ ले प्रदर्शनको २२ औँ दिनसम्ममा भारतीय बक्स अफिसबाट १५५ करोड २१ लाख रुपैयाँ नेट कमाइ गरेको छ। तेस्रो हप्ता पुरा हुँदा चलचित्रले १५० करोड क्लबमा आफ्नो नाम दर्ता गराउन सफल भएको हो।

चलचित्र बक्स अफिस विश्लेषण संस्था Sacnilk का अनुसार तेस्रो शुक्रबार मात्रै ९० लाख रुपैयाँ कमाइ गरेको चलचित्रको हालसम्मको कूल नेट कमाइ १५५ करोड २१ लाख रुपैयाँ पुगेको छ। फिल्मले पहिलो हप्ता ८८ करोड ९० लाख, दोस्रो हप्ता ४६ करोड ५० लाख र तेस्रो हप्ता १८ करोड ९५ लाख रुपैयाँ कमाएको छ। सामाजिक सन्देश र हास्य मिसिएको पारिवारिक कथामा आधारित यस चलचित्रमा आमिर खानसँगै जेनेलिया डिसुजा, सनी सिंह र कबीर खानको अभिनय रहेको छ।

समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्रले बक्स अफिसमा भने लगातार राम्रो व्यापार गरिरहेको छ। २०२५ मा प्रदर्शन भएका हिन्दी चलचित्रमध्ये यो चलचित्र दोस्रो सर्वाधिक नाफा कमाउने फिल्म बनेको छ। बक्स अफिस ट्रेन्डअनुसार आगामी दिनमा व्यापारमा केही गिरावट आउने अनुमान गरिएको छ। स्रोतः Sacnilk.com, Times of India र ABP Live

Leave A Reply

Your email address will not be published.