चितवन :
टेलिसिरियल रिटायर हल्दारमा साधुराम पात्रको भूमिकाबाट लोकप्रिय बनेका पिताम्बर आचार्यले मोफलमा बसेर ओयव सिरियल ‘सपना’ निर्माण गरेका छन् । आचार्यको लेखन, निर्देशनमा ‘सपना’ नामक सिरियल साउन ९ गते शुक्रबारबाट पि. आचार्य युटूव च्यानल मार्फत प्रसारण हुने उद्योग बाणिज्य संघ चितवन, टाढीको सभाहलमा आयोजत पत्रकार सम्मेलनमा जानकारी गराइयो।
चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘सपना’ सिरियलमा हरेक मान्छेले आफ्नो दैनिक जिवनमा देख्ने सपनालाई मूख्य कथावस्तु बनाई सन्देश मूलक र मनोरञ्जनात्मक प्रस्तुति रहने कुरा निर्माता, निर्देशक पिताम्बर आचार्यले बताउनु भएको छ।
सपना सिरियलमा पिताम्बर आचार्य, सुनिता आचार्य, भक्त थापा, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पु कुमार गुप्ता, अर्नुन कुमाल, प्रज्वल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमायाँ वास्तोला, राजकुमार भुजेल, लक्ष्मी वास्तोला, सुमित्रा रेग्मी, मायाँ रेग्मी, टिकटक भाइरल विश्वसुन्दी, अफ्रिकन क्वीन आदिको अभिनय रहेको छ भने बाल कलाकारहरुमा सुवत लामिछाने, सिरोज पौडेल, कान्छि वास्तोला रहेका छन् । श्रृंगार सञ्जय लामा, छायांकन तथा सम्पादन आवाष रानाको रहेको छ ।