काठमाडौं :
सुरक्षा पन्तको मुख्य भुमिका रहेको फिल्म ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ। मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको फिल्मको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ। लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ। चौरमा एक पुरुषसहित सात महिला छन्। जो भलिबल खेलिरहेका छन्।
भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन कि तर, निर्माण पक्षले प्रष्ट भने पारेको छैन्। बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन्। स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो। यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ।
फिल्मको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन्। निर्मातमा लक्ष्मण सापकोटा,अमिशा काउचा थापा, रमेश थापा लगायत छन्। क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन्। को(प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन्।
कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन्। फिल्मको एशोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन्। विकास गन्दर्भको डीओपी रहेको फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन छ।
यस फिल्मको असिस्टेन्ट डिरेक्टरमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ रहेका छन्। लोकेशन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन्। ड्रोनमा टार्जन लिम्बुको रहेको फिल्म संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहेको। राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ। एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन्।
फिल्म ‘बुकी’को छायाकंन काठमाडौ, पोखरा, बाग्लुगंको ढोरपाटन लगायतका क्षेत्रमा गरिएको हो। प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षले लिएको छ।