सुचना, समाचार र मनोरन्जन

इ–सेभेन भिसाको बहानामा हुने ठगीबाट बच्न सरकारको आग्रह, के हो इ–सेभेन भिसा?

काठमाडौँ,

सरकारले इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाउने बहानामा हुने ठगीबाट बच्न ध्यानाकर्षण गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा कामदार दक्षिण कोरिया पठाउन कुनै संस्थालाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको छ ।

विभागले विज्ञप्ति निकालेर इ–सेभेन भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनी रुपमा प्रचार गरी रकम असुली भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । विभागका अनुसार मन्त्रालयबाट गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छ।

तर विभागबाट अहिलेसम्म आधिकारिक रुपमा इ–सेभेन भिसामा पठाउने प्रक्रिया स्वरुप कुनै संस्थालाई पूर्वस्वीकृति दिन शुरू भएको छैन । कोरियामा रहेको नेपाली राजदूतावासबाट यसप्रकारको भिसाका लागि कार्यविधिअनुसार प्रक्रिया पूरा गरी मागपत्र प्रमाणीकरणका लागि कुनै आवेदन नआएको विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.