सुचना, समाचार र मनोरन्जन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि एनओसी जारी गर्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र एनओसी जारी राखेको छ ।

सानो थिमिस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो।

‘वैदिशक अध्ययनकालागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा आज पनि जारी राखेका छौँ,’ उनले भने ।

बिहान ११ बजेसम्म १८ वटा एनओसी शाखाले जारी गरेको छ । जेनजी आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Leave A Reply

Your email address will not be published.