Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
- सय वर्षअघिको नेपाली समाजको कथा बोकेको ‘यो कथा होइन’ सिरिज घोषणा
- काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेजमा सूचना प्रविधि स्नातक कार्यक्रम
- भारतमा चिया निर्यात नियमित
- राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
- जेनजी आन्दोलनमा क्षति भएको बगैँचा रिसोर्ट तथा स्पा पुन: सञ्चालनमा
- ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा
- आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
- पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
- रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी
सेयर बजारसुधारका लागि अर्थमन्त्री खनालले बनाए कार्यदल
सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ९रोडम्याप० पेस गर्न कार्यदल गठन गरिएको हो ।
धितोपत्र बोर्डका कायममुकायक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कायममुकायम कार्यकारी निर्देशक निरन्जन भट्टराई र अर्थ मन्त्रालयका उपसचिव शरद् निरौला सदस्य सचिब रहेका छन ।