पोखरा,
पोखरामा घुम्न आएर सवारी नपाएको वा एक ठाउँबाट अर्को ठाउँ जान सवारी साधनको आवस्यक परेमा अव बाटोमा सवारी कुरेर बस्नुपर्ने झन्झट को अन्त्य भएको छ । मुभ इन नेपाल प्राइभेट लिमिटेडले सोमबार मुभ इन नेपाल एप लन्च गरेको छ । उक्त एपबाट अव चाहेको समयमा ट्याक्सी या अन्य सवारी साधन बुक गर्न सकिनेछ ।
पोखराको यातायात क्षेत्रलाई डिजिटल युगमा प्रवेश गराउनको लागि मुभ इन नेपालले मुभ इन नेपाल एपको सोमबार औपचारिक रुपमा सुभारम्भ गरेको जनाएको छ । पोखराकै युवाहरुको लगानी र पहलमा एप सञ्चालनमा ल्याइएको हो । एपले पोखरामै पहिलो पटक स्थानीय रुपमा विकास गरिएको राइड–सेयरिङ प्लेटफर्म हो जसले पोखरा सहर तथा आसपासका क्षेत्रमा यात्रा गर्ने यात्रुहरुको लागि सजिलो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेछ ।
यात्राको क्रममा ट्याक्सी चालक र यात्रुहरुबीच भाडाको विषयमा विवाद भै यातायात बन्द समेत गर्नुपरेको अवस्थामा उक्त एप लन्च हुनुले अव यात्रु र व्यवसायी बीचको सम्बन्धका साथै भाडादमा समेत मीतव्यायी हुने विश्वास गरिएको छ । उद्धघाटनको क्रममा मुभ इन नेपालका कार्यकारी प्रमुख प्रमेश पराजुलीले मुभ इन एप केवल प्रविधिको विकासको लागि मात्र नभएर पोखराको विकास, आत्मनिर्भता, रोजगारी आथिएक सशक्तिकरणको लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गरेका छन ।
यात्रुहरुले एपबाटै भाडा भुक्तानी गरी चाहेको गन्तव्यको लागि ट्याक्सी वुक गर्न सक्नेछन । किलोमिटरको हिसावले भाडादर कायम गरिएको छ । एप्स संचालनमा आएसंगै ट्याक्सी व्यवसायी उत्साहित भएका छन ।