सुचना, समाचार र मनोरन्जन

‘माइतीघर’को सफलतापछि निर्देशक मिलनले घोषणा गरे ‘कहाँ भेटिएला’

काठमाडौं :

यतिबेला हलमा प्रदर्शन भइरहेको फिल्म ‘माइतीघर’का निर्देशक मिलन तामाङले नयाँ फिल्मको घोषणा गरेका छन्। उनले मंगलबार आफ्नो दोस्रो फिल्म ‘कहाँ भेटिएला’ निर्माणको घोषणा गरेका हुन्।

Pach Pandav

आगामी चैत २० गतेबाट छायांकन थालेर जेठ अन्त्यसम्म पूरा गर्ने योजना उनको छ। यसैबीच,उनी यस फिल्मको गीतका दृश्य खिच्ने योजनामा रहेको बताए। उनले आगामी माघ महिनामा गीतको सुटिङ गर्ने तयारीमा लागेको जानकारी दिए। फिल्मको प्रदर्शन मिति भने अहिले नै घोषणा नगर्ने उनी बताउँछन्। यस फिल्ममा को–को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन्। यस बारेमा उनले केहि दिनपछि सम्पुर्ण जानकारी दिने बताए।
‘अहिले फिल्मको टाइटल मात्र रिलिज गरेका हौँ,‘उनले भने,‘केहि दिनमा फिल्मको कलाकार र प्राविधिकहरुको बारेमा जानकारी दिदै जानेछौँ।’
निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका हुन्। जुन फिल्मले दर्शकको प्रशंसा पाइरहेको छ। सोही कारण उनले २०८२ सालको नम्बर १ डेब्यु निर्देशकको उपाधि समेत हात पारेका छन्।दशैंको फुलपातीमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘हरि बहादुरको जुत्ता’,‘बलिदान’ र ‘माइतीघर’मध्ये ‘माइतीघर’ हो। जुन तेस्रो हप्तामा प्रवेश गरेको छ।

‘माइतीघर’ले बक्सअफिसमा राम्रो व्यापार मात्र गरेन, निर्देशक मिलन तामाङको नामलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरिदिइसकेको छ। उनी फिल्म, एनिमेशन, क्लासिकल म्युजिक र अभिनयको गहिरो अध्ययनमा पारंगत मानिन्छन्। नयाँ फिल्म घोषणा गर्दै उनले भने,‘ ‘कहाँ भेटिएला’लाई अझ नेक्स्ट लेभलमा बनाएर दर्शकलाई नयाँ अनुभूति दिनेछु।’

Leave A Reply

Your email address will not be published.