काठमाडौं :
सामरी इन्टरनेसनल र एमकेएम फेसन हाउसको सहकार्यमा राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’मा ‘मिस’ तर्फ अधिका कुमारी थापा मगर र ‘मिसेस’ तर्फ चन्दु बलामीले शीर्ष उपाधि जितेका छन्।

प्रतियोगितामा दुवै विजेताले उपाधिसहित नगद र विभिन्न उपहार प्राप्त गरेका छन्। ‘मिस’ श्रेणीमा प्रेक्षा श्रेष्ठ ‘फर्स्ट रनरअप’ बनेकी छन् भने ‘मिसेस’ श्रेणीमा सरु कार्की ‘फर्स्ट रनरअप’ र डा. मिना प्रधान ‘सेकेण्ड रनरअप’ घोषित भएका छन्।
विधागततर्फ रञ्जु कार्कीले ‘पब्लिक च्वाइस’, युनिसा राईले ‘भ्युअर्स च्वाइस’ र सानु थापाले ‘मेनेजमेन्ट च्वाइस’ अवार्ड जिते। कार्यक्रमका निर्णायकमा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ (एनएसके), र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले रहेका थिए।
विजेताहरूलाई पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ), एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर र सेफ एशोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार वितरण गरेका थिए। सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीका अनुसार प्रतियोगिताको उद्देश्य महिलाको सुन्दरता र प्रतिभालाई उजागर गर्दै महिला सशक्तिकरणलाई प्रोत्साहन गर्नु हो।