काठमाडौँ,
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लाग । गएको शुक्रवार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका छन ।

त्यही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरे । उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन ।
बोली फेरेपछि आफ्नै दल जनमतले गएको भदौ ३१ गते मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । त्यही मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको लिनुपर्ने संवैधानिक बाध्यतामा पुगेको छ ।