सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक फाइभ–डी अल्ट्रासाउन्ड सेवा पोखरामा सुरु

पोखरा,

पोखरामा अत्याधुनिक फाइभ–डी अल्ट्रासाउन्ड सेवा संचालनमा आएको छ । फायभ–डी प्रविधिसहितको यो मेसिन गण्डकी प्रदेशमै पहिलो हो ।

पोखराको न्यूरोडमा अत्याधुनिक प्रविधि सहितको ५डी (फाइभ–डी) अल्ट्रासाउन्ड सेवा संचालनमा आएको  क्लिनिकले पोखरा र आसपासका बासिन्दालाई अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै मातृ–शिशु स्वास्थ्य सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

क्लिनिकमा दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण र वैज्ञानिक दृष्टिकोण सहित सुलभ, सुरक्षित तथा विश्वसनीय स्वास्थ्य सेवाको प्रवन्ध मिलाइएको संचालक एवं रेडियोलोजिस्ट डा. सागर खड्काले जानकारी दिए ।

यस प्रविधिबाट गर्भवती महिलाले १८ देखि २२ हप्ताको अवधिमा शिशुको अवस्था हेर्न सक्ने, शरीरमा रहेका विभिन्न रोगहरूको पहिचान एआई ९कृत्रिम बुद्धिमत्ता० प्रविधिमार्फत गर्न सकिने र शिशुको हुबहु तस्बिर समेत रंगीन रूपमा देख्न सकिने सुविधा उपलब्ध हुनेछ। उक्त स्वास्थ सेवा सुरु भएसंगै मातृ–शिशु स्वास्थ्य थप सुधार हुने विश्वास गरिएको. छ ।

Leave A Reply

Your email address will not be published.