सुचना, समाचार र मनोरन्जन

ओखतीको नयाँ आउटलेट काठमाडौँको सिटिसी मलमा

छालाको स्वास्थ सम्बन्धी विभिन्न समस्याका समाधानकोे लागि आर्युवेदिक सामाग्री उत्पादन गर्दै आएको ओखतीले काठमाडौँको सिटीसी मलमा आफ्नो नयाँ आउटलेटको सुरुवात गरेको छ । ओखतीको नयाँ आउलेटको उद्घाटन जीवन बिज्ञान नेपालका संस्थापक गुरु भानु पराजुलीले गरेका हुन ।

स्वदेशी उत्पादन, त्यसमा पनि शुद्ध जडिवुटीबाट बन्ने ओखतीका सामाग्रीहरुले स्वास्थमा, मनमा र जीवनमा पनि सकारात्मक प्रभाव पार्ने गुरु पराजुलीले बताए । पछिल्लो समय बजारमा केमिकलजन्य सौन्दर्य सामाग्री उत्पादन, व्यापर र प्रयोग बढेकाले छाला सम्बन्धी समस्यासंगै अन्य जटिल स्वास्थ समस्याहरु पनि बढ्न थालेको हुँदा उपभोग्य सामाग्रीहरुलाई अर्गानिकता तर्फ जोड दिनुपर्ने बेला आएको उनले बताए ।

ओखती नामको मुखधुने सावुनबाट उत्पादन र बिक्रि सुरु गरेको ओखतीले ग्राहकहरुले मन जित्दै हाल स्याम्फु तेल,सन्सक्रिम, मोस्टोराइजर लगायत कयौं आर्युवेदिक स्वास्थ सामाग्री उत्पादन र बिक्रि गर्दै आएको छ । कम्पनीले निकट भविष्यमै अनलाईन सेवा संचालनमा ल्याएर स्वदेश तथा विदेशका जुनसुकै ठाउँमा ग्राहकको मागअनुरुप ओखतीका सामाग्री पुर्याउने ओखतीका संचालक सोभाकान्त बस्यालले जानकारी दिए । ओखतीका बारेमा थप जानकारी लिन तथा ओखतीका सामाग्री चाहिएमा वेवसाइट www.okhatinepal.com.np. रहेको छ । ओखतीले काठमाडौँ सहित विभिन्न जिल्लाहरुमा आफ्नै आउटलेटबाट आर्युवेदिक सामाग्रीहरुको बिक्रिवितरण गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.