सुचना, समाचार र मनोरन्जन

२ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नविकरणका लागि स्वीकृति

नेपाल विद्युत प्राधिकरणले दुई सय ८३ मेगावाट विद्युत् निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित दुई सय ८३ मेगावाट विद्युत् निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरेको हो।

Pach Pandav

यस अघि विभिन्न मितिका अनुमती म्याद सकिएको थियो । सबै आयोजनाको निर्यात गएको मङ्गलवारदेखि लागू हुने गरी एक वर्षका लागि नविकरण स्वीकृति भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.